|
|
|
|
|
साँस्कृतिक संस्थान एक परिचय
नेपाली नाटक संगीत र नृत्यको संस्थागत बिकास गर्ने उद्देश्यले वि।सं।२००७ सालमा राष्ट्रिय नाचघरको स्थापना भएको सूचना पाइन्छ । यस सन्दर्भमा वि।स। २०१६ सालमा राष्ट्रिय नाचघरको निर्माण गरिएको थियो । िसंहदरवार नाचघर बाहेक नेपालको जनस्तरको पहिलो नाट्यशाला यही राष्ट्रिय नाचघर नै हो । २०१७ सालमा आगलागी भएपछि यसको पुन ः निर्माण भयो र २०१७ साल कात्र्तिक ६ गते तत्कालीन राजा महेन्द्रबाट यस नाचघरको उद्घाटन गरियो । काठमाण्डौंको जमलस्थित यो राष्ट्रिय नाचघर वि।सं। २०२९ सालसम्म कहिले संस्कृति विभाग अन्तरगत कहिले पुरातत्व विभाग अन्तरगत कहिले सूचना विभाग अन्तरगत र कहिले प्रसार विभाग अन्तरगत रह्यो र संचार संस्थान ऐन २०२८ अनुसार २०२९ असार ५ गते यो राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानका रुपमा स्थापित भयो ।
|
|
Read More... |
|
| |
 |
comming programs
१. संस्थानले निकट भविष्यमै बृहत् नृत्य प्रतियोगिता गर्दैछ ।
|
|
Read More... |
|
|
|
|
|
|
|
| |
 |
सम्पन्न कार्यक्रम
१. मिति २०६८।६।९ गते सोमबारका दिन माननीय संस्कृति मन्त्री गोपाल किराती ज्यूबाट उद्घाटन–विविध सांस्कृतिक कार्यक्रम संस्थान आफ्नै प्रेक्षलयमा सम्पन्न ।
२. मिति २०६८।७।५ देखि २०६८।७।७ सम्म बङ्गलादेशको ढाकामा सार्कस्तरीय नृत्य प्रदर्शनीमा सांस्कृतिक संस्थानद्वारा कार्यक्रम पर्दशन ।
३. मिति २०६८।७।२७ मा देवकोटा जयन्तिको उपलक्ष्यमा संस्थानको आफ्नै प्रेक्षालयमा आयोजित संयुक्त कार्यक्रममा मुनामदनका मुख्य अंशहरूको प्रस्तुतीकरण
भास रचित ऐतिहासिक संस्कृत नाटक, (नेपालीमा अनुवाद) स्वप्नवासवदत्ता २०६८ पुस २९, माघ ४, ५ र ६ गते संस्थानको आफ्नै प्रेक्षालयमा संस्थानका कलाकारहरूद्वारा मञ्चन गरियो ।
संस्थानले मिति २०६८ साल फागुन ५ गते संस्थानको आफ्नै प्रेक्षालयमा नृत्य, गायन र प्रहशन सहितको विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । |
|
Read More... |
|
|
|
 |
सांस्कृतिक विकास एवम् प्रचार प्रसार
सांस्कृतिक संस्थानले नियमित कार्यक्रम प्रदर्शन बाहेक सांस्कृतिक विकास एवम् प्रचार प्रसारका लागि निम्नानुसार कार्यक्रमहरु सञ्चालन, व्यवस्थापन तथा आयोजना गर्दै आएको छः |
| Read More... |
संस्थानले स्वदेशभित्र मात्र नभै
संस्थानले स्वदेशभित्र मात्र नभै विभिन्न मित्र राष्ट्रहरुमा समेत नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शनद्धारा रखयाती आर्जन गरेको छ। यस क्रममा छिमेकी राष्ट्र भारत, चीन, बङ्गलादेश, भुटान, पाकिस्तान, श्रीलङ्का बाहेक तत्कालीन सोभियत संघ, हङकङ, थायल्याण्ड, इण्डोनेशिया, इरान, कोरिया, सिङ्गापुर, जापान, वर्मा आदि प्रमुख रहेका छन्। |
| Read More... |
|
|
|
|
| |
|
|
| |
|
|
 |
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal
Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal |
|