राष्ट्रिय नाचघरको ऐतिहासिक पृष्ठमूिम
मित्रमणी पोखरेल
नेपालमा जनस्तरको पहिलो नाट्यशालाको रुपमा रहेको राष्ट्रिय नाचघर वि।सं। २०१६ सालमा निर्माण हुनुभन्दा पहिले िसंहदारबारभित्र एक ँिसंहदरबार नाचघर” रहेको थियो । तत्कालीन अवस्थामा संगीत कला नाटक तथा विविध नृत्यहरुको प्रबन्धन सम्बद्र्धन तथा संरक्षण गर्न थोरबहुत सांस्कृतिक संघ संगठनहरु भएतापनि िसंहदरबार नाचघरलाई महत्वपूर्ण स्थानको रुपमा लिइन्थ्यो । सडक चौक तथा चौबाटोमा समेत सिमीत रुपमा पूर्ण तथा तालीमे कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरी जनसाधारणको मनोराजनको तीर्खा मेट्ने गरिन्थ्यो । तर नेपालका ठूला महत्वका कार्यक्रम तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त नृत्य नाटक संगीत कथा तथा यस्तै अन्य सांस्कृतिक कार्यक्रमहरु िसंहदरबार नाचघरमा प्रस्तुत गरी ठूला वडाहरुलाई मनोराजन दिने गरिन्थ्यो । नेपालमा देखाइने प्रमुख सांस्कृतिक कार्यक्रमहरु सोही िसंहदरबार नाचघरमा राजा तथा देश विदेशका प्रमुख व्यक्तिहरुमाझ प्रस्तुत गरी उनीहरुलाई मनोराजन गराइन्थ्यो र अझ स्थापनाको कालमा राणा शासकहरुको व्यक्तिगत मनोराजनको स्थलको रुपमा लिएको थियो । तत्कालीन अवस्थामा सो नाचघरको आफ्नै गौरव र अस्तित्व रहेको थियो । उक्त नाचघरको प्रशासनिक तथा व्यवस्थापकीय कामकाजहरु राणाहरुका सुशारे तथा तालीमे कलाकारहरुबाट गरिन्थ्यो । उक्त नाचघर िसंहदरबारभित्र रहेकोले पनि होला जनसाधारणको पहुँच थिएन । उक्त स्थानमा प्रस्तुत गरिने कार्यक्रमहरुबाट जनसाधारण जहिलैपनि विाचत रहनुपर्दथ्यो ।