“शुभारम्भ सांस्कृतिक साँझ २०८१“ माटोको गीत दोस्रो संस्करण “नेपाली संस्कृति“ पहिलो श्रृङ्खला

२०८१ बैशाख १

सांस्कृतिक संस्थानको मेघाहल, काठमाडौं ।

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूको प्रमुख आतिथ्यमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री हितबहादुर तामाङज्यूको विशिष्ट आतिथ्यता नयाँ वर्ष २०८१ को अवसरमा शुभारम्भ सांस्कृतिक साँझ २०८१मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणा एवम् नेपाल पर्यटन बोर्डको सहकार्यमा तयार पारिएको ठेट नेपाली सांस्कृतिक कार्यक्रम माटोको गीत दोस्रो संस्करण नेपाली संस्कृतिको अन्तर्गत पहिलो श्रृङ्खला  समुद्घाटन समारोहको आयोजना सांस्कृतिक संस्थानले गरेको हो । यस सांस्कृतिक साँझ लाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीले नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको बताउनु भयो । समाजवादको आधार तयार पार्नका निम्ति संस्कृतिको दिशाबोध आधारभूत सर्त हो । त्यसको निम्ति समाजवादी निर्माणका पक्षमा सम्पूर्ण बामपन्थी देश भक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नु पर्दछ । उहाँले भन्नुभयो । संस्थानद्धारा आयोजित सांस्कृतिक साँझले छुट्टै उर्जा र प्रेरणा प्रदान भएको छ । कार्यक्रममा विभिन्न भाषा भाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसंस्मरण र प्रवर्द्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु । उहाँले भन्नुभयो । सो अवसरमा उहाँले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो। 

 सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले सांस्कृतिक साँझमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै भन्नु भयो नेपालको समृद्धिको मुख्य आधार संस्कृति हो । बहुल जातजातिको फूलबारी नेपालमा हर जातजातिका आआफ्नै संस्कृति रहेका छन् । संस्कृति बिना पर्यटन विकास हुन सक्दैन । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटनको रुपमा विकास गरी आर्थिक समृद्धिको मार्ग निर्माण गर्नका लागि प्रत्येक साताको शुक्रबार संस्थानको मेघा प्रेक्षालय र मिनी प्रेक्षालयमा कार्यक्रम सातै प्रदेशका ठेट नेपाली सांस्कृतिक कला प्रदर्शन गरिने बताउनु भयो । विशेषगरी संस्कृतिलाई पर्यटनसँग जोडेर उत्पादन तर्फ अग्रसर गर्न  विदेशी पर्यटक लक्षित रहेको यस कार्यक्रममा सात प्रदेशका लोपोन्मुख अवस्थामा रहेका लोकगीत, लोकनृत्य, लोकधुन, लोकनाट्य तथा हर जातिको जन्म देखि मृत्यु पर्यन्त सम्मको लोक संस्कृतिलाई प्रदर्शन गरी आर्थिक समृद्धिको मार्ग तय गर्नुका साथसाथै श्रव्यदृश्यलाई अभिलेखिकरण एवम् दस्तावेजीकरण गरी विश्वमा नेपालको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गर्नु संस्थानको लक्ष्य रहेको र लोपोन्मुख अवस्थामा रहेको मौलिक संस्कृतिको जर्गेना र हर जातिको रैथाने खाना सहित ठेट नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शन गरी सांस्कृतिक पर्यटनको विकाससँगै आर्थिक समृद्धिको नयाँ युग सुरु गर्ने महाप्रबन्धक पुनले बताउनु भयो । 

 संस्थानकै मेघा हलमा आयोजना भएको सो कार्यक्रममा मन्त्रीज्यूहरुविभिन्न राजनीतिक दलमा नेता, सांसद, नेपाल सरकारका उच्च तहका कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं उच्च पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । करिब तीन घण्टा सम्म चलेको शुभारम्भ सांस्कृतिक साँझ २०८१र ठेट नेपाली सांस्कृतिक कार्यक्रम माटोको गीत दोस्रो संस्करण नेपाली संस्कृतिमा लोक धुन, भुओ नाच  (सुदूरपश्चिम प्रदेश), भुमे/भुम्या नाच (लुम्बिनी प्रदेश), कौरा नृत्य (गण्डकी प्रदेश), लोक नाटक (बलबाहु, अरनिको), छेच्यु नृत्य (हिमाली भेगबाट), घोडचढी नृत्य (पहाडी क्षेत्रबाट), धिमे नृत्य (बागमती प्रदेश)  भोजपुरी नृत्य (मधेस प्रदेश) र साङदाङराङ्मा नृत्य (डोकेनी नाच) (कोशी प्रदेश) विभन्न प्रदेशका मौलिक एवं रैथाने संस्कृतिसभ्यता, रहनसहन तथा जीवनशैली झल्कने सो कार्यक्रमका प्रस्तुतिहरु मनोरन्जनभन्दा बढी प्राज्ञिकखोजमूलक  यथार्थपरक प्रस्तुतिजन्य प्रस्तुतिहरु रहेका थियो ।

कार्यक्रमको सभाध्यक्ष सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्र कुमार राईले गर्नु भएको थियो । उहाँले उपस्थित सम्पूर्ण अतिथि, कलाकार, पत्रकार तथा सहभागीहरूलाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

                                               

 

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्