नवनियुक्त महाप्रबन्धक श्री किरण बाबु पुन

२०८० माघ ८  
सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक श्री किरण बाबु पुनज्यूलाई संस्थानमा औपचारिक रुपमा पदभार ग्रहणसहित स्वागत गरियो ।  यहाँको कार्यकालमा सांस्कृतिक संस्थानको भव्य प्रगतीसहित स्वर्ण युगमा प्रवेश गर्न सकोस् हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । 
माघ ३ गते बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा पुनलाई सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्ति दिएको हो । 
संगीत विषयबाट नै स्नातकोत्तर गरेका पुनले पुर्वदेखि पश्चीम सम्मको अमुर्त लोकसंगीतको खोज अनुसन्धान समेत गरिरहेका छन् । लोक संस्कृती रहे मात्र हामी रहन्छौ भन्ने भावना बोकेर निरन्तर यात्रामै छन् गायक तथा संगीतकार किरणबाबु पुन । थुप्रै संघसंस्थाहरुमा आबद्ध रहदै सफल नेतृत्व समेत गरिसकेका किरणबाबुले सबै मिलेर सांस्कृतीक रुपान्तरणको यात्रामा यसैलाई आर्थिक समृद्धीको मार्ग बनाई समृद्ध देश निमार्णको आधार बनाउन यो यात्रामा जोडिन सम्पूर्ण अपिल समेत गरेका छन्  । देशभरका मौलिक कला, संस्कृतीलाई संरक्षण, सम्बर्धन र प्रबर्धन गर्दै अगाडि बढ्ने कुरामा आफु प्रतिबद्ध रहेका छन् । अन्तराष्ट्रिय स्तरमा नेपालको कला संस्कृती, भेषभूषा र संस्कारलाई प्रबर्धन गर्दै विश्वका विभिन्न देशहरुसंग पनि संस्कार र संस्कृती आदान प्रदान गर्ने कुरामा संस्थानको ठूलो भूमीका रहने कुरा व्यक्त गरे ।

०००

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्